
काठमाडौं, १४ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएको छ ।
टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाएका छन् ।
कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १२ रन योगदान गरे ।
कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चिए । ओवासिस अहमदले १० ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिँदा, गयान मुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए । कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए ।
समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।















प्रतिक्रिया