
गोरखा, १३ वैशाख । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा ९एसइई० सकाएर बसेका विद्यार्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको छ ।
गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।
एसइईपछि नतिजा नआउँदासम्मको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो ।
गाउँपालिकाको वडा नं ८ स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयमा तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए।
तालिममा गाउँपालिकाभित्र रहेका आठ माध्यामिक विद्यालयका करिब एक सय ५० भन्दा बढी एसइई दिएर बसेका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
पालिकाभित्रका माविमा सङ्घीय सरकारबाट अनुदानमा प्राप्त भएको कम्प्युटरको सही सदुपयोग होस् भन्ने उद्देश्यले पनि तालिम सञ्चालन गरिएको जनाइएको छ ।













प्रतिक्रिया