
काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा एमालेले वि.सं. २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी नेतृत्वको तत्कालिन सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषका नाममा संयुक्त रजिस्टे«सन पासलगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।
उनै अधिकारी नेतृत्वको सरकारले २०५२/०५३ देखि ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । उनको नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि गरेको छ ।
लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचार प्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।















प्रतिक्रिया