३० कार्तिक २०८३, सोमबार

रामप्रसाद न्यौपानेको प्रश्नः एमालेले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो पार्टी एमालेले देशको भलो बाहेक के कुभलो गरेको छ भन्दै प्रश्न गरेका छन् ।

हालै सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन–२ बाट उम्मेदवार बनेर पराजित बनेका न्यौपानेले यस्तो प्रश्न गरेका हुन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले निर्वाचन जित हार स्वाभाविक लिनुपर्ने बताउँदै एमाले नेतृत्व सरकारले गरेका कामहरु स्मरण गराएका छन् ।

उपनिर्वाचनमा एमालेको पराजयको विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरिरहेको बेला उम्मेदवार न्यौपानेले एमालेले गरेको महत्वपूर्ण कामहरु स्ममरण गराएका छन् ।

न्यौपानेले भनेका छन्ः

मित्रहरू, निर्वाचन हो, जितहार स्वाभाविक लिनुपर्छ । तर एउटा सत्य कुरा बुझिराख्नुहोला एमालेजनले -नेकपा एमालेले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ? सामाजिक सुरक्षा भत्ता ल्यायो ? चुच्चे नक्सा कसले जारी गर्‍यो ? कालापानी फिर्ता ल्यायो, नाकाबन्दी हटायो, चिनसँग पारवहन सम्झौता गर्यो, सुरुङ्ग युग सुरु गर्‍यो, भुकम्पको पुनर्निर्माण गर्‍यो यस्ता हजारौ कामहरु छन् जुन एमालेले गरेको छ तर हामि नै भन्न सक्दैनौ । महिलाको ३३% अधिकार कस्ले ल्यायो ? अहिले विधार्थीहरुले यातायातमा पाईरहेको ४५% छुट कस्ले ल्यायो ? गाउँहरुमा करोडौ बजेट पुर्‍याउने सुरुवात कस्ले गर्‍यो ? विदेशबाट फर्कने युवालाई सहुलियत ऋण दिने शुरूवात कसले गर्‍यो ? युवा परिषद् कस्ले स्थापना गर्‍यो ? ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कसले शुरू गर्‍यो ??? अरूको लहलहैमा लागेर अनावश्यक कुराहरुमा नवहकिउ । यो देशमा केहि गर्छ भने एमालेले गर्छ अरु सबै भ्रम हुन , एउटा माघले जाडो जादैन हजुर  !!!