
काठमाडौं, १३ वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट विजयी भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन् ।
आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा बारा–२ बाट विजयी भएका यादवलाई बुधबार बिहान सामाजिक सञ्जालमार्फत राउतले बधाई दिएका हुन् ।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई’ राउतले भनेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ । जनमत पार्टीले समेत जनताको अगाध माया पाएको छ । जनमत पार्टीको तर्फबाट हामीलाई मतदान गर्नुहुने सम्पूर्ण बारावासीलाई कोटिकोटि प्रणाम तथा जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै धेरै धन्यवाद’












प्रतिक्रिया