३० कार्तिक २०८३, सोमबार

रास्वपा लगायत पार्टीको उदय सकारात्मक ठान्दछुः बाबुराम भट्टराई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ पार्टीहरुको उदय सकारात्म भएको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । भट्टराईले एकअर्काको अनुभवबाट सिक्दै देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आह्वान गरेका छन् ।

भट्टराईले भनेका छन्ः

एक दशकदेखि देशमा नयाॅ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु ! सबैले एकअर्काका अनुभवबाट सिकौं । देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं !