३० कार्तिक २०८३, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठकमा सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरुको नामावली सहितको प्रस्ताव पेश
गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

बैठकमा “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।