२ कार्तिक २०८३, सोमबार

सडक विस्तार गर्ने क्रममा सिरहामा व्यापारीको विरोध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोलबजार, १३ वैशाख । सिरहा–माडर–चोहर्वा सडकखण्ड चार लेनमा विस्तार गर्न सिरहा नगरपालिकाले डोजर लगाई मापदण्डविपरीत सडकमा पर्ने अतिक्रमित संरचना हटाउन सुरु गरेपछि सिरहाका व्यापारी आन्दोलित भएका छन् ।

सडक विस्तारको विरोध गर्दै व्यापारीले सिरहा बजारमा टायर बाली प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ सिरहाका महासचिव सत्यनारायण महतोले सडक विस्तारको विरोधमा बजार बन्द गरी प्रदर्शन गरिरहेको बताए । उनले पटकपटक व्यापारीको उठीबास हुने गरी बजार विस्तार नगर्न आग्रह गर्दै वैकल्पिक सडक निर्माण गर्न माग गर्दै आएको बताए ।

सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले अर्थतन्त्र खस्किएको बेला सडक विस्तारको नाउँमा निर्मित संरचना भत्काउनु अगावै नगरपालिकाले विकल्प सोच्नु जरुरी भए पनि हचुवा तालमा सडक विस्तार भइरहेको बताए ।

सिरहा नगरपालिकाले पटकपटक सडक खाली गराउन सूचना जारी गर्दा पनि व्यापारीले अटेरी गर्दै आएकाले कार्यपालिकाको निर्णयअनुसार सडक मापदण्डविपरीतका संरचना हटाउने काम भइरहेको नगर प्रमुख डा नवीनकुमार यादवले बताए ।