२९ आश्विन २०८३, बिहिबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

पौडेल हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स ९एम्स० मा भर्ना भई उपचाररत छन् ।

यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भए पनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहनुभएको खबर साथमा रहनुभएका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।