२९ आश्विन २०८३, बिहिबार

७ लाखभन्दा बढी नक्कली नोटसहित एक महिला पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख।  धनुषा प्रहरीले ७ लाख भन्दा बढी नक्कली नोटसहित एक जना महिलालाई पक्राउ  गरको छ ।

धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीय साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो ।

महिलाले कालो रङको झोला बोकेर यताउती हिंड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । निज महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताए।

सोधपुछका क्रममा उक्त नक्कली नोट १ लाख बराबर ७ लाख सटही गरी ल्याएको,थप संलग्नता रहेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।