३० कार्तिक २०८३, सोमबार

सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण छैन, फिर्ता लिन सक्छौँः रवि लामिछाने

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कुनै कारण नदेखिएको बताएका छन् ।

मंगलबार चितवन-२ को मतगणना स्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सरकालाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने संकेत गरेका हुन् ।

चितवन-२ उपनिर्वाचनको जित नजिक पुगेका लामिछानेले सरकारलाई दिएको समर्थनको समिक्षा गरेर समर्थन फिर्ता लिने उल्लेख गरे । ‘त्यसको समिक्षा हुन्छ । अहिले मैले देखिरहेको छैन्, त्यसलाई कायम राख्नुपर्ने, त्यसको कारण देखिरहेको छैन् । र यसपछि हामी वार्ता गर्छौ ।’

उनले सरकारले भ्रष्टाचारको फाइल नखोल्ने निर्णय गरेको आरोप लगाउँदै सरकारलाई समर्थन दिनुको कुनै औचित्य नरहेको तर पनि वार्ता भने गर्ने बताए ।

सभापति लामिछानेले अहिलेको अवस्थामा सरकारलाई समर्थन गरेर सरकारमा जाने अवस्था नरहेको समेत स्पष्ट पारेका छन् ।