
बारा, १२ वैशाख । बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले १ हजार १७४ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया