
चितवन, १२ वैशाख । चितवन निर्वाचन क्षेत्र २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ४० हजार ६९ मत ल्याएका छन् । लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ३२ हजार ६ सय १२ मतान्तरले अगाडि छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४५७ मत ल्याउँदा नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत ल्याएका छन् ।
हालसम्म यहाँको ५६ हजार ५०७ मतगणना भएको छ ।












प्रतिक्रिया