
काठमाडौं, ११ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । खेल रद्द भएसँगै नेपाल र साउदीले एक-एक अंक बाँडेका छन्।
एक अंक जोडेसँगै नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको हो। समूहको शीर्ष स्थानमा रहेको नेपालले पाँच अंक जोडेको छ।
तेस्रो स्थानमा रहेको साउदी अरेबियाले तीन अंक जोडेको छ । दोस्रो स्थानमा रहेको ओमानको चार अंक छ ।
नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ।















प्रतिक्रिया