
चितवन, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ को मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा नेपाली कांग्रेसले दिएको उजुरीको बारेमा छलफल हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको तयारी छ ।
सर्वदलीय बैठकले कांग्रेसको उजुरी बारे छलफल गर्ने र निष्कर्षमा पुगेर निर्णय गर्ने बताइएको छ ।
रास्वपाका उम्मेदवार लामिछाने र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेसको दाबी छ ।
बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक डेढ घण्टा ढिला सुरु भएको छ ।
बैठकमा चितवन-२ का उम्मेदवारहरु र राजनीतिक दलका प्रतिनिधिहरु सहभागि छन् ।












प्रतिक्रिया