२८ आश्विन २०८३, बुधबार

नेपाली फिल्म ‘हल्कारा’ ले गर्‍यो चिठी लेखन प्रतियोगिता घोषणा, प्रथम हुनेलाई ५० हजार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेपाली फिल्म ‘हल्कारा’ ले चिठी लेखन प्रतियोगिता आयोजना गरेको छ।

यस प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ। उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार तोकिएको छ। पत्र चलनचल्तिको सेतो कागजको ए४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ। पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ।

अभिवादन र समापन समावेश गर्नुपर्नेछ। एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ। पत्र कम्तीमा ५०० देखि १००० शब्दमा लेखिएको हुनुपर्नेछ।

पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन्। खाम तथा चिठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ।

प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौं, नेपाल, पोस्ट बक्स नम्बर १४१४ मा पठाउनु पर्नेछ। चिठीको अन्तिममा युट्युबमा रहेको फिल्म ‘हल्कारा’ को ट्रेलर हेरी आफूले बुझेको कथा लेख्नुपर्नेछ। चिठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ।

यस प्रतियोगिताको निर्णायकहरूमा विप्लब प्रतिक ९कवि तथा साहित्यकार०, मनोजबाबु पन्त ९फिल्मकर्मी० र महेश त्रिपाठी ९अभिनेता० रहेका छन्।

प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरूको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ।

वैशाख १० देखि २० गतेसम्म पत्र पठाइसक्नु पर्नेछ। वैशाख २५ गते पुरस्कार घोषणा गरिनेछ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी, बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

यो फिल्म वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ।

‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

यसैगरी फिल्म नेपाल(अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।