२८ आश्विन २०८३, बुधबार

कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर,१० वैशाख । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले प्रतियोगिताको उद्घाटन गरे ।

महेन्द्रनगरस्थित कभर्डहलमा रहेको कबड्डी प्रशिक्षण केन्द्रमा सञ्चालन भएको सो प्रतियोगिताबाट छनोट भएका खेलाडी काठमाडौँमा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए।

सोमबारमा छनोट प्रतियोगिता सकिनेछ ।

प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कबड्डी सङ्घ कञ्चनपुरका अध्यक्ष महेश चन्दलगायतको उपस्थिति थियो ।