२८ आश्विन २०८३, बुधबार

फ्रान्सद्वारा सुडानमा रहेका नागरिकको उद्धार सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, १० वैशाख। फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ ।

सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ ।

मन्त्रालयले थप विवरण नदिई “द्रुत निकासी अभियान” शुरु गरेको र युरोपेली नागरिक र “सम्बन्धित साझेदार देश”का मानिसलाई पनि उद्धारकार्यमा सहयोग गरिने बताएको छ ।