२८ आश्विन २०८३, बुधबार

९३ वर्षीय वृद्धद्वारा मतदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ,१० वैशाख। तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन्।

व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका हुन।

शारीरिक रुपमा अशक्त रहेका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गरेका हुन। तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।