७ कार्तिक २०८३, शनिबार

 ‘आइएमई पे’ बाट केबल कारको टिकट सजिलै काट्न सकिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब ग्राहकवर्गले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको छ ।

आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रागिरि केबल कारबाट सुरुवात गरिएको सो केबलकार टिकेटिङ अन्तर्गत आइएमई पेबाट मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।

आइएमई पेको यात्रा सेवामा केबलकार भित्र रहेको टिकेटिङ सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।