
काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालको चौथो विकेट गुमाएको छ ।
नेपालका भीम सार्की ३३ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित पौडेलले २३ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल र आसिफ शेख शून्यमा आउट भएका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले ३० ओभर खेल्दा ४ विकेटको क्षतिमा १४२ रन जोडेको छ ।















प्रतिक्रिया