१ कार्तिक २०८३, आइतबार

प्रदर्शनको तयारीमा ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । चलचित्र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ ।

राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर चलचित्र तयार पार्नुभएको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिए ।

“यो चलचित्र ७२ मिनेट लामो छ । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवसको अवसर पारेर प्रदर्शन गर्न लागेका हौँ”, अध्यक्ष शेर्पाले भने ।

नेपाली समाजमा एक आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश चलचित्रले दिने उनले बताए ।

फाउन्डेशनले बुधबार आयोजना गरेको प्रिमियरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका व्यक्ति सहभागी थिए ।