३ कार्तिक २०८३, मंगलबार

मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवामा छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । प्रभु क्यापिटलले मातातीर्थ औंसीको अवसरमा विशेष छुट अफर ल्याएको छ ।

आमाको अपार मायालाई सम्मान स्वरुप सञ्चालन गरिएको अफरअन्तर्गत लगानी व्यवस्थापन सेवामा लाग्ने वार्षिक शुल्क (एएमसी)मा शत प्रतिशत छुट तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत छुट रहने क्यापिटलले जनाएको छ ।

‘माया स्वरुप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ यो अफर वैशाख महिनासम्म सञ्चालनमा रहने छ ।

क्यापिटलका अनुसार ग्राहकले ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।