२८ आश्विन २०८३, बुधबार

नेप्सेमा दोहोरो अङ्कको सुधार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,६ वैशाख। आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२ दशमलव ९२ अङ्कले बढेको छ।

आज बैंकिङ नौ दशमलव ४४, विकास बैंक ४४ दशमलव १२, वित्त १८ दशमलव १३, होटल तथा पर्यटन समूह १९ दशमलव ०५, जलविद्युत् २१ दशमलव ९७ र लगानी समूह शून्य दशमलव ६३ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव १५, लघुवित्त समूह ३२ दशमलव १६, व्यापार समूह २८ दशमलव ८८ र अन्य समूह ६ दशमलव ४६ अङ्कले बढेको छ।

आज कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर रु आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ।