
काठमाडौं, ६ वैशाख । दक्षिण भारतीय सुपरस्टार अजित कुमार केही दिन अघि नेपाल आएका छन् ।
उनी मोटरसाइकल राइडमै नेपाल आएका हुन् । उनी एक्कासी ढल्केबरमा देखिएपछि नेपाल आएका खुलेको हो ।
उनी चलचित्र सुटिङका लागि नेपाल आएका खुलेको छ । अहिले उनी काठमाडौंमा छन् । चलचित्र ‘मिराई’ को छायाँकनका लागि उनी नेपाल आएका हुन् ।
चलचित्रको काठमाडौंमा सुरू भएको छ । अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सले जानकारी दिएको छ ।
उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ । चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ ।















प्रतिक्रिया