
काठमाडौं, ६ वैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज बुधबार पनि दुई खेल हुँदैछ ।
आजको खेलमा यूएई र कुवेत तथा ओमान र कतारबीच प्रतिस्पर्धा हुँदैछ ।
यूएई र कुवेतबीचको खेल बिहान नौ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने ओमान र कतारबीचको खेल पनि सोही समयमा मुलपानी क्रिकेट मैदानमा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।
मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको थियो ।
यसैगरी, मंगलबारनै भएको खेलमा हङकङले सिंगापुरमाथि ८ विकेटको जित निकालेको थियो ।
कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।
लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ । प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।
यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ ।















प्रतिक्रिया