२८ आश्विन २०८३, बुधबार

काठमाडौँमा ‘पाल्पा महोत्सव’ हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,५ वैशाख। पाल्पाली सङ्गमको आयोजनामा काठमाडौँमा ‘पाल्पा महोत्सव–२०८०’ आयोजना हुने भएको छ।

पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यही वैशाख ९ गते ‘पाल्पा महोत्सव–२०८०’ आयोजना गर्न लागेको हो ।

पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहेका व्यक्तिको सक्रियतामा जिल्लाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन हुँदै आए पनि २०४८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सङ्गम स्थापना गरी पाल्पाको विकास निर्माणमा अवधारणागत, नीतिगत, आर्थिक तथा भौतिक योगदान गर्दै आएको सङ्गमका अध्यक्ष विष्णुबहादुर खत्रीले जानकारी दिए ।

उक्त महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारको प्रस्तुति रहने अध्यक्ष खत्रीले बताए ।

यस्तै, महोत्सवमा रक्तदान, नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायत पाल्पाली परिकार, ढाका तथा करुवालगायत पाल्पाली घरेलु उत्पादन, पाल्पासम्बन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा बिक्री वितरण हुनेछ ।

सङ्गमका महासचिव जीवन भण्डारीले पाल्पामा जन्मेर काठमाडौँमा बसेका व्यक्तिलाई जिल्लाप्रति जिम्मेवार बोध गराउन र जिल्लामा उत्पादित सामग्री प्रदर्शन तथा बिक्रीवितरण गर्न महोत्सव आयोजना गर्न लागिएको बताए।