
काठमाडौं, ४ वैशाख । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उनका भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन् ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।
आइतबार नियुक्त भई पदभार सम्हालेका साउदलाई विदेशमन्त्री शंकरले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।
साथै उनले मन्त्री साउदलाई नयाँ भूमिकामा सफलताको शुभकामना व्यक्त गरेका छन् ।












प्रतिक्रिया