
सिन्धुपाल्चोक, ४ वैशाख । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पद प्राप्तिका लागि विचलन देखिएको बताएका छन् ।
बलेफी गाउँपालिका कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै सचिव विष्टले प्रचण्डमा पद प्राप्ति वा पद जोगाउनका लागि जुन प्रकारको अवसरवाद देखा पर्यो यो अवसरवाद राष्ट्रको समृद्धि र जनताको जीवन रुपान्तणको लागि नभइ नेपालको राजनीतिमा एक प्रकारको कालो धब्बाको रुपमा देखिने बताए । प्रचण्ड देशको प्रगती समाज रूपान्तरणको बाधक भएको विष्टको भनाइ छ ।

सचिव विष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरुरी रहेको बताउँदै देशको आवश्यकतालाई भविष्यमा थप परिणाममुखी बनाउनेमा एमालेकै प्रभावकारी भूमिका विना सम्भव नहुने बताए ।
सचिव विष्टले मुलुकलाई जोगाउन एमाले बलियो हुनुपर्ने बताउँदै मुलुकमा राजनीति स्थायित्व र विकासको लागि एमाले विना सम्भव नहुने बताए । मिसन ग्रासरूट अभियानले समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमालेलाई बलियो बनाउन आव्हान गरे । पार्टीको यस अभियानले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले अभियानले पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि थप प्रभाकारी हुने समेत बताए ।
कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्त्वलाई सम्मान, स्ववियुमा निर्वाचित टिमलाई बधाई तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरु सरेश नेपाल, निर्मल भट्टराई, प्रदेश कमिटी सदस्य होम नारायण श्रेष्ठ, टपेन्द्र तिमल्सिना, जिल्ला अध्यक्ष कमल नेपाल लगायतले सम्बोधन गरेका थिए ।












प्रतिक्रिया