
काठमाडौं, २ बैशाख । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ।
प्रहरीका अनुसार शनिबार बिहान घिमिरेको घर पछाडि बम फेला परेको हो । घर पछाडि बम देखेपछि घिमिरेले प्रहरीलाई खबर गरेका थिए । सेनाले बम डिस्पोज गरिसकेको छ ।
बम कसले राख्यो भन्ने खुल्न सकेको छैन । बमसँगै मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएका छन् । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका उपसभापतिसमेत हुन् ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया