२८ आश्विन २०८३, बुधबार

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस्: सभापति देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले ‘लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस्’ बताएका छन ।

नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले सो कुरा बताएका हुन ।

पूर्वप्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन, “सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणदायी बन्न सकोस् ।”