२९ आश्विन २०८३, बिहिबार

आज थपिए १०६ जना कोरोना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार ४८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये १२ जनाको आइसीयू र र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, आज ७४ जना निको भएका छन् । मन्त्रालयकाअनुसार आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय ३५ रहेको छ ।