
काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको मतगणना सकिएको छ ।
महासंघको निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईले ६ सय १३ मतसहित अग्रता कायम राखेका छन् ।
यसैगरी, उनका निकटतम् प्रतिस्पर्धी अञ्जन श्रेष्ठले ५ सय ७३ मत प्राप्त गर्दा अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले ४ सय २६ मत प्राप्त गरेका छन् ।
एसोसिएटतर्फ १६५० मत खसेको थियो ।
अब जिल्ला नगरतर्फको मत गणना सुरु भएको छ ।












प्रतिक्रिया