३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ भलादमिचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

बुधबार साँझ चितवनबाट हेटौंडा जाँदै गरेको ना ५ ख ५३३७ नम्बरको ट्रकले आफ्नै साईडमा घर अगाडि पार्किङ गर्न घुमाउँदा सोहि दिशाबाटै जाँदै गरेको प्र.३-०३-००१ प २१५९ नम्बरको मोटरसाइकल ट्रकको ढालामा ठोक्किदा मोटरसाइकल चालक सिमपानि बस्ने ४५ वषीय तेज नारायण यादव गम्भिर घाइते भएका हुन् ।

घाइते यादवलाई उपचारको लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालक प्रहरिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।