
काठमाडौं, २९ चैत । इटहरी तथा सुनसरीका कोरोना सङ्क्रमित पत्रकार तथा सञ्चारकर्मीको रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले ध्यानाकर्षणपत्र बुझाएका छन ।
अध्यक्ष अधिकारीले आइएमी जनरल इन्स्युरेन्स कम्पनी काठमाडौँमा आज ध्यानाकर्षणपत्र बुुझाउँदै कोरोना सङ्क्रमित सञ्चारकर्मीको कोरोना बीमाबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुन ।
कम्पनीका कोभिड इञ्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै कूल ४८ मध्ये ३० जनाको रु एक लाखका दरले बीमाबापतको रकम उपलब्ध भए पनि बाँकी १८ जनाको रकम तत्काल उपलब्ध गराउन आग्रह गरे ।
ध्यानाकर्षणपत्र बुुझ्दै कार्कीले हालसम्म सुुनसरीबाट ४८ जना सञ्चारकर्मीको लिस्ट आएको र चाँडै वार्तामा बसेर भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गरे । यसअघि युुनियनले कोभिड महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको नि:शुल्क कोरोना बीमा गरेको थियो ।
जसमध्ये ४८ जना सङ्क्रमित भएका थिए भने हालसम्म ३० जनाले रु एक लाखका दरले भुक्तानी पाइसकेका छन् ।
सभापति अधिकारीका अनुसार,“हाम्रो अहिलेको कार्यकाल पूरा हुन लाग्दा आफ्नो जिम्मेवारी पूूरा गर्ने उद्देश्यले आज ध्यानाकर्षण पत्र बुुझाएका हौैँ, चाँडै नै रकम पनि उपलब्ध हुने विश्वास छ,” उनले भने ।













प्रतिक्रिया