
काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्काशित गरेको छ ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको हो ।
व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गरेको हो ।
पार्टीबाट निष्काशन गरिएसँगै श्रेष्ठको सांसद पद पनि गुमेको छ ।















प्रतिक्रिया