
काठमाडौं, २९ चैत । रौतहटको गरूडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
झडपमा परेर ६ जना प्रहरीसहित ७ जना घाइते भएका छन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।
झडपमा परेर गरुडा–५ का गजेन्द्र साह गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको थियो ।















प्रतिक्रिया