३ कार्तिक २०८३, मंगलबार

समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न सांसद तोसिमा कार्कीको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरस्थित निर्माणाधिन समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलको वैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन् ।

सांसद कार्कीले अपार्टमेन्ट निर्माणको क्रममा वरपर भासिएका घरको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेकी छिन् ।