
काठमाडौं, २९ चैत । हिमपहिरोमा परेर सगरमाथा आरोहणमा गएका तीनजना गाइडको मृत्यु भएको छ ।
बुधबार बिहान गएको हिमपहिरोमा परेर खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको हो ।
क्याम्प १ तर्फ जानेक्रममा पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरो जाँदा उनीहरूको मृत्यु भएको जानकारी दिइएकाृ छ । मृतकको शव निकाल्न प्रयास गरिएपनि नसकिएको बताइएको छ ।
शव निकाल्न सिम्रिक हेलिकप्टर सो क्षेत्रमा पुगेको थियो ।















प्रतिक्रिया