३ कार्तिक २०८३, मंगलबार

जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो: शंकर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको जनादेश खण्डित भएपछि जनतामा जानु लोकतन्त्रको विशेषता भएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेले जनादेश खण्डित भएपछि पुन जनतामा जान गरेको प्रयासलाई संविधान नमान्ने भन्दै अरोप लगाइएको बताएका हुन् ।

‘जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो । त्यो विशेषतामाथि प्रहार गर्ने । संविधानमा हस्ताक्षर नगरेका दलहरूसँग हस्ताक्षर गर्ने र हामीमाथि संविधान मान्दैन भनेर आरोप लगाउने । यो भन्दा अरू मजाकको विषय के हुन सक्छ ?,’ महासचिव पोखरेलले भने ।

संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसंग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको उनको भनाइ थियो । उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे ।
मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा उनले व्यक्त गरे ।

अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणीत गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनले बताए ।

पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम हुदै गएको धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सुदर्शन मिश्र लगायतका नेताहरुलाई महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।