
काठमाडौं, २९ चैत । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट रवीन्द्रकुमार शेरचन निलम्बनमा परेका छन् ।
केही दिनअघि काठमाडौं दुबई उडान भर्नु केही समयअघि मात्रै वैकल्पिक पाइलटको व्यवस्था नगरी बिरामी बिदामा बसेपछि उनलाई निगमले कारबाही गरेको हो ।
क्याप्टेन शेरचन बिदामा बसेपछि उडान नै प्रभावित भएको थियो ।
निगमले छानबिनका लागि नायव महाप्रबन्धक जनकराज कावाखेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।















प्रतिक्रिया