
काठमाडौ, २९ चैत । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादबारे ‘जबज संवाद’ को दोस्रो शृंखला आज आयोजना गर्दै छ ।
‘जबज संवाद’ शृंखला सञ्चालन गर्दै आइरहेको फाउन्डेसनले आज दोस्रो शृंखला गर्न लागेको हो ।
दोस्रो संवाद शृंखलामा ‘संसदीय लोकतन्त्रमा दलीय प्रतिस्पर्धा र सहकार्य’ विषयमा विचार गोष्ठी आयोजना गरिएको फाउन्डेसनका सचिव पेम्बा लामाले जानकारी दिइन् ।
उनका अनुसार आज दिउँसो २ः३० बजे मदन भण्डारी मेमोरियल कलेजमा संवाद शृंखला आयोजना हुनेछ ।












प्रतिक्रिया