३० कार्तिक २०८३, सोमबार

ढाकाकुमारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ९ बजे केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको बताइएको छ ।

व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय पार्टीको बैठक बस्न लागेको हो ।

अडिओ सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।

उनले पठाएको स्पष्टीकरण अडिओमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् । उनले अडिओको आवाज सम्पादन गरिएको उल्लेख गरेका छन् ।

यसअघि मंगलबार रास्वपाको अनुशासन आयोगको बैठक बसेको थियो । समितिले मंगलबारनै पार्टी सभापति रवि लामिछानेलाई अडिओ सम्बन्धी प्रतिवेदन बुझाएको थियो ।