
काठमाडौं, २९ चैत । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ ।
गएराति मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै यस सिजनमा पहिलो जित हात पारेको हो ।
दिल्लीले दिएको १७३ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघिका दुई खेलमा भने मुम्बई पराजित भएको थियो । यता मुम्बई विरुद्ध खेलको दिल्लीले भने लगातार चौथोँ पटक हार ब्यहोरेको छ ।
पहिलो जितसँगै मुम्बई आईपीएलको अंक तालिकामा दुई अंकसहित आठौँ स्थानम रहेको छ भने दिल्ली शून्य अंक सहित तलिकाको पुछारमा रहेको छ ।
दिल्लीका विकेटकिपर समेत रहेका ब्याटस्म्यान ऋषभ पन्त कार दुर्घटनामा परी घाइते भएर बेड रेस्टमा छन् ।
गम्भीर घाइते भएर उपचार पश्चात उनी पछिल्लो तीन महिनायता आराम गरिरहेका छन् । दिल्लीका महत्वपूर्ण खेलाडी ऋषभ टिममा नहुँदा दिल्ली लयमा फर्कन सकेको छैन् ।

आईपीएल अन्तर्गत आज बुधबार चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल साँझ ७ः४५ बजे हुँदैछ ।















प्रतिक्रिया