
काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्रीले निजी क्षेत्रको थप क्रियाशिलता खोजेको बताएका हुन् ।
‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्दैन साथै दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नुपर्छ त्यसको लागि सरकार तयार छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाँडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको स्पष्ट पारे ।















प्रतिक्रिया