३ कार्तिक २०८३, मंगलबार

पसलको उद्घाटन गर्न मुख्यमन्त्रीसहित तीनजना मन्त्रीको लस्कर !

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ चैत । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू फुर्सदिला बनेका छन् ।

गत १० चैतमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिएपछि प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

सरकारले बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रदेश सभा बैठक नहुँदा प्रदेश सांसदहरुसँगै प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरुसमेत फुर्सदिला बनेका छन् ।

मन्त्रीहरु पसलको उद्घाटन गर्न लस्कर नै लागेर पुग्ने गरेका छन् । सोमबार हेटौंडा–११ थानाभर्‍याङ स्थित ‘हजुरलाई नमस्ते ट्रेड लिंक प्रालि’को हेटौंडा शाखाको पसल उद्घाटन गर्न मुख्यमन्त्री जम्कट्टेलसहित नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल पुगेका हुन् ।

ट्रेड लिंक पसलको उद्घाटन कार्यक्रममा उनीहरुसँगै माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक तथा निवर्तमान युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सिडिओ राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख एसपी बामदेव गौतम समेत पुगेका थिए ।

ट्रेड लिंकका प्रबन्धक निर्देशक ताराबहादुर कुँवरको आग्रहमा मुख्यमन्त्रीसँगै मन्त्रीहरु लस्कर लागेर पसल उद्घाटनमा पुगेका हुन् । पसलको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरु र सरकारी अधिकारीहरुको लस्कर देखेपछि स्थानीयहरू आश्चर्यमा परेका थिए ।