३ कार्तिक २०८३, मंगलबार

उपचार खर्च बुझाउन नसकेपछि दुई महिनादेखि अस्पतालमा बन्धक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । उपचार खर्च बुझाउन नसकेपछि धनुषास्थित जनकपुरधाममा रहेको न्यूरो अस्पतालले बिरामी र तीनजना छोराछोरीलाई दुई महिना बढीदेखि बन्धक बनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक बनाइएकी हुन् ।

गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।

उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो। तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान पाएकी छैनन्। उनी अस्पतामै तीन छोराछोरीसहित बन्धकमा छिन्।

उनले अस्पताललाई उपचारवापतको ६ लाख ६९ हजार तिर्न बाँकी छ। सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन पाएकी छैनन्। उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै बन्धक बनाइएको हुन् ।