
काठमाडौं, २८ चैत । व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण पठाएका छन् ।
अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । उनले पठाएको स्पष्टीकरण अडिओमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।
उनले अडिओको आवाज सम्पादन गरिएको उल्लेख गरेका छन् । उनले पार्टीले गर्ने निर्णय स्वीकार्य हुने निर्णय पनि गरेका छन् ।
रास्वपाको अनुशासन आयोगको बैठक आज बस्दैछ । बैठकले ढाकामाथि कारबाही गर्न सक्ने बताइएको छ ।















प्रतिक्रिया