३० कार्तिक २०८३, सोमबार

रास्वपा अनुशासन आयोगको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक आज मंगलबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

पाार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि छानबिनका लागि बैठक बस्न लागेको बताइएको छ ।

बैठकले सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।

सिफारिसका आधारमा उनीमाथि कारबाही हुने नहुने बारेको निर्णय भने केन्द्रीय समितिले लिने रास्वपाले जनाएको छ ।