३ कार्तिक २०८३, मंगलबार

अडिओ प्रकरणमा रास्वपाका प्रमुख सचेतक परियारले संसदमा मागे माफी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदको अडियो प्रकरणले समग्र प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको विषयमा पार्टीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिदै यसका कारण प्रतिनिधिसभा र सांसदहरुको सम्मानमा चोट पुगेको भन्दै माफी मागेका हुन् ।

यस घटनालाई गम्भीर रुपमा लिएको र अडियो सार्वजनिक भए लगत्तै ३ दिनभित्र प्रतिवेदन दिन अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको उनले जानकारी दिए ।

भ्रष्टचारीको जाति र वर्ग नहुने भन्दै परियारले यस्ता घटना विगतमा पनि भएको र सबै घटना छानबिन हुन सके लोकतन्त्रप्रतिको प्रतिवद्धता अझ बढ्ने धारणा राखे ।